नियम ८३
सङ्कल्प प्रस्तुत गर्न सकिने

(१) यस नियमावलीको अधीनमा रही सार्वजनिक महत्वको देहायको कुनै विषयमा सङ्कल्प पेश गर्न सकिनेछ ः–
(क) राय वा सिफारिस प्रकट गर्न,
(ख) नेपाल सरकारको कुनै कार्य वा नीतिको समर्थन वा विरोध प्रकट गर्न वा पुनर्विचारका लागि ध्यानाकर्षण गर्न, वा
(ग) कुनै सन्देश वा निर्देशन दिन ।
(२) सभामुखले उपयुक्त र आवश्यक ठह¥याएको अन्य कुनै विषयमा सङ्कल्प पेश गर्न अनुमति दिन सक्नेछ ।